परिचय

कामना सेवा विकास बैंक लि आ-आफ्नो सफलता र ख्याती प्राप्त गरी निकै राम्रो विश्वासनीयता  र सामाजिक प्रतिष्ठा कमाएका सम्मानित व्यक्तिहरुबाट प्रवर्धन गरिएको राष्ट्रिय स्तरको विकास बैंक हो । विभिन्न पेसा  र सामाजिक क्षेत्रमा आफुलाई अब्बल साबित गर्नु भएका व्यक्तिहरुको कुशल नेतृत्वमा यो बैंक संचालन भैरहेको छ । आदरणीय ग्राहक महानुभावहरु तथा आम उपभोक्ताहरुका अतुलनिय आवश्यकता परिपूर्तिका लागि र उहाहरुको अपेक्षित मागहरु पुरा गरी खुशी र सन्तुस्टी प्रदान गर्न बैंकले  विभिन्न बैंकिंङ उत्पादन(Product) तथा अत्याधुनिक  प्रविधियुक्त सेवा दिन कटिवद्ध रहेको छ । विकासका लागि तपाईंको साझेदार भन्ने आम परिकल्पनासहित कामना सेवा विकास बैंक आफ्ना मूल्यवान् सेवाग्राहीहरूलाई उच्च शालीनता र सद्द्भाव सहित गुणस्तरीय उत्पादन र सेवा प्रदान गर्न समर्पित छ । हामीले निरन्तर अनुसन्धान, विकास र आधुनिकीकरणमार्फत ग्राहकहरूका लागि ल्याइएका उत्कृष्ट, सुहाउँदा र समयसापेक्ष विकास गरिएका गुणस्तरीय उत्पादन र सेवा ग्राहकहरूबीचको विश्वास निर्माण र आत्मविश्वासको स्तर उकास्नका लागि आधारशिला भएको विश्वास गर्दछौं । तसर्थ, कामना सेवा विकास बैंक परिवार सदैव ग्राहक र अन्य सम्पूर्ण सरोकारवालाहरूलाई अधिकतम फाइदा र उच्चतम सेवाको ग्यारेन्टी दिँदै सम्पूर्ण ग्राहकलाई उहाँहरूका आवश्यकतासँग उत्कृष्ट मेल खानेगरी अत्याधुनिक उत्पादन र सेवा दिन प्रयत्नशील रहने प्रतिवद्धताप्रति हामी कटिवद्ध रहनेछौं ।    

intro

हाम्रो दृष्टिकोण

 निरन्तर रूपमा उत्कृष्ट ग्राहक सेवा प्रदान र सरोकारवालाहरूको हित प्रवर्द्धन गर्दै एउटा छुट्टै राष्ट्रियस्तरको विकास बैंक बन्ने तथा राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान दिने । 

हाम्रा आन्तरिक मान्यताहरूः 

उत्कृष्टताको खोजः बैंकले सदैव निरन्तर सुधार र उत्पादन, प्रक्रियाहरू र सेवाहरूमा उत्कृष्टता ल्याउन प्रयास गर्नेछ ।
ग्राहक केन्द्रितः यस बैंकले निर्णयहरू गर्दा सधैं ग्राहकहरूको हितलाई माध्यनजरमा  राख्दछ । 
संस्थागत सुशासन: बैंकले सदैब आफ्ना नीति नियम र नियामक निकायहरुबाट जारी निर्देशन तथा प्रचलित एव कानुनको दायरा भित्र बसी आफ्नो गतिविधिहरु संचालन गरी उच्च स्तरको संस्थागत सुशासनको अभ्यास गर्नेछ | 

साझेदारीः बैंकले सदैव साझेदारीपूर्ण अवसरहरू तथा साझा लक्ष्य हासिल गर्ने आशा राख्दछ र आम ग्राहक महानुभावहरु सँग साझेदारीमा विश्वास राख्दछ।

व्यापार आचारसंहिताः कामना सेवा विकास बैंकले अत्यन्तै उच्च मापदण्डको व्यापार विश्वसनीयता र आचारसंहितालाई पछ्याउँछ ।

आधुनिकीकरणः कामना सेवा बिकास बैंकले व्यवसायमा हुन सक्ने जोखिमहरुलाई न्यून गर्न तथा परिस्कृत सेवा प्रदान गर्न आधुनिकिरणमा जोड दिन्छ|  

व्यावसायिकताः कामना सेवा विकास बैंक गुणस्तर र सक्षमता प्रवर्द्धनका लागि अत्यावश्यक व्यावसायिकताको उच्च मापदण्डलाई पछ्याउँछ ।     

 

हाम्रो मिशन

हाम्रा हँसिला र फरासिला कर्मचारीहरूमार्फत मूल्यवान् ग्राहक महानुभावहरुलाई पायक पर्ने स्थानबाट आवस्यकता अनुसार भरपर्दो र गुणस्तरीय वित्तीय सेवाहरु प्रदान गर्ने ।