News

कामना सेवा विकास बैंकको १६ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न ।

 

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १६ औं वार्षिक उत्सवको अवसरमा कार्तिक २१ गते देखि कार्तिक २७ गते सम्म सप्तहाव्यापि रुपमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी आज केन्द्रीय कार्यालय, ज्ञानेश्वर काठमाडौंमा मुल समारोह गरी सम्पन्न गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाउँमा सरसफाई, फोहोर व्यवस्थापनको लागि विभिन्न सामाग्री वितरण, रक्तदान कार्यक्रम, वित्तीय साक्षरता अभियान, पुरुष KS FUTSAL CUP SEASON II तथा महिला KS FUTSAL CUPसाथै, विभिन्न जनचेतनामुलक कार्यक्रमहरु आयोजना गरिएको थियो । 


“रक्तदान जिवन दान” भन्ने नारालाई आत्मसात गरी देशव्यापि रुपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा सातै प्रदेशमा गरी कुल ४०३ युनिट रगत संकलन गरिएको थियो । KS FUTSAL CUP अन्तर्गत पुरुष KS FUTSAL CUP SEASON II को उपाधि सिद्धार्थ बैंकले र महिला तर्फको उपाधि कामना सेवा विकास बैंकले जितेको छ । बैंकको १६ औं गौरवमय स्थापना दिवस अर्थात मुल समारोहको दिन आज मिति २०७९ साल कार्तिक २७ गते बैंकको केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरुमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको थियो ।


बैंकका अध्यक्ष श्री सुदिप आचार्यज्यूको अध्यक्षता तथा काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्री दल बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा मुल समारोहोको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा संचालक श्री विशेश्वर सुवेदीज्यू, संस्थापकज्यूहरु, विभिन्न संचार माध्यमका पत्रकारज्यूहरु, वडा प्रतिनिधिज्यूहरु, बैंकका कर्मचारी वर्ग तथा स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो ।  यसै गरी आजै आनन्द भैरव मन्दिरको फोहोर व्यवस्थापनको लागि गार्वेज बिन स्टोरेज सेड तथा डिजिटल डोनेसन बक्स समेत हस्तान्तरण गरिएको थियो । उपरोक्त कार्यक्रमहरुमा काठमाडौं महानगरपालिका वडा नंं. ३० का अध्यक्ष श्री दल बहादुर कार्कीज्यू, ज्ञान भैरव क्लब (आनन्द भैरव मन्दिर) समितिका महासचिव श्री रामेश्वर राउत तथा अध्यक्ष श्री बसन्त राईज्यूले शुभकामना मन्तव्य दिनु हंदै बैंकले गरेको कार्य अत्यन्तै सराहनीय रहेकोले अरुले पनि यसको अनुसरण गर्नु पर्ने बताउनु हुंदै आगामी दिनहरुमा समेत बैंकसंग सहकार्य गर्ने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो । बैंकका अध्यक्ष श्री सुदिप आचार्यज्यूले बैंकको यो लामो यात्रामा अमूल्य सहयोग र साथ दिने नेपाल सरकार, अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, अन्य नियामक निकाय तथा ग्राहकमहानुभावहरु प्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरुमा समेत यस्तै साथ र सहयोग रहने अपेक्षा समेत गर्नु भएको थियो भने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री विनय दाहालज्यूले बैंकले आज सम्मको लामो यात्रामा हासिल गरेको प्रगति तथा भावी कार्ययोजनाका बारेमा प्रकाश पार्नु भएको थियो । 

पूर्ण कथाको लागि फाइल डाउनलोड गर्नुहोस्:

डाउनलोड