News

कामना सेवा विकास बैंकद्वारा Entrepreneurship Development Program को प्रमाणपत्र हस्तान्तरण

कामना सेवा विकास बैंकद्धारा अन्तरप्रेरणासंगको सहकार्यमा उद्यमशिलता विकास र प्रवर्धन
को उद्देश्यका साथ Entrepreneurship Development Program सञ्चालन गरिएको थियो।
सो कार्यक्रमका सहभागीहरुलाई बैंकले मिति २०७९ साल जेष्ठ १६ गते सोमबार बैंकका 
सञ्चालक श्री विश्वेश्वर सुवेदीज्यू र प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेतज्यूबाट 
प्रमाणपत्र हस्तान्तरण गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो।


कार्यक्रममा अन्तरप्रेरणाका प्रमुख व्यवसायिक अधिकृत श्री श्रद्धा शाक्य, बैंकका प्रमुख व्यवसाय 
अधिकारी श्री घनश्याम ढुङ्गेल, तालिमका सहभागीहरु लगायत बैंकका अन्य कर्मचारीहरुको 
उपस्थिती रहेको थियो । बैंकले यस्ता कार्यक्रम गर्नुको मुख्य उद्देश्य उद्यमीहरुलाई प्रोत्सान 
गर्न र नेपालमा रहेको असीमित अवसरहरुलाई सही रुपमा पहिचान गरी नविन सिर्जना मार्फत 
देशमा आर्थिक स्थिरता बढाउन हो भनि बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण 
बस्नेतज्यूले बताउनु भयो।

पूर्ण कथाको लागि फाइल डाउनलोड गर्नुहोस्:

डाउनलोड