बाल बचत खाता
१८ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यो बाल बचत खाता तयार गरिएको हो । अभिभावकहरूलाई आफ्ना बालबालिकाका लागि बचत गराउने उद्देश्यले यो खाताको व्यवस्था गरिएको हो । बालबालिका वा १८ वर्ष उमेरमुनिका नाबालकहरूले मात्र यो खाता खोल्न सक्छन् । तर खाता भने अभिभावकले चलाउन सक्छन् । बालक १८ वर्ष पुग्नासाथ उनको नागरिकता बुझाइएपछि खाताको स्वामित्व उनमा स्थानान्तरण हुन्छ ।