सामाजिक सुरक्षा बचत खाता

सामाजिक सुरक्षा बचत खाता 
यस उत्पादन कागजातमार्फत हामी अर्को नयाँ बचत खाता ‘सामाजिक सुरक्षा बचत खाता’ को परिचय दिन चाहन्छौं । एक वर्षअघि सरकारले वरिष्ठ नागरिक, विधवा, छुट्टै किसिमले सक्षम नागरिकहरू (आंशिक वा पूर्ण रूपमा अशक्त नागरिक) आदिलाई तोकिएका बैंक तथा वित्तीय संस्थाहरूमार्फत भत्ता वितरण गर्ने नीति कार्यान्वयन गरेको थियो । त्यसैले सरकारबाट प्राप्त भत्ता सम्बन्धित व्यक्तिहरूलाई वितरण गर्न यो खाता तयार गरिएको हो । सामाजिक सुरक्षा कार्यक्रम माथिको निर्देशिका अनुसार लाभार्थीकै नाममा व्यक्तिगत बचत खाता खोलेर सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ । कुनै निश्चित बैंकलाई निश्चित गाउँ सभा समिति वा नगरपालिकाका वडाहरू समेट्न मनोनित गरिएको हुन्छ । निश्चित वडा बाँडफाँटपछि बैंकले गाउँ विकास समिति, नगरपालिका वा जिल्ला विकास समितिसँग सम्झौता गर्दछ । वडा बाँडफाँटका आधारमा बैंकले विशेष समूहका मानिसहरूलाई भत्ता वितरण गर्दछ । 

  • शून्य मौज्दातमा खाता खोल्न सकिने
  • वार्षिक ब्याजदरः ३ %
  • निः शुल्क चेकबुक 
  • दैनिक मौज्दातमा ब्याजदर गणना तथा त्रैमासिक रूपमा भुक्तानी हुने

  • सम्बन्धित निकायको सिफारिस तथा प्रमाणपत्रको आधारमा यो खाता खोल्न सकिने छ