पेन्सनर बचत खाता
पेन्सन खाने व्यक्तिहरूलाई मध्यनजर राख्दै पेन्सनर बचत खाताको व्यवस्था गरिएको हो । आफ्नो कामबाट अवकाशप्राप्त भएपछि पेन्सन लिनेहरूले आफूलाई आत्मनिर्भर रहेकोमा गर्व गर्ने भएकाले तिनीहरूका भावनात्मक संवेदनालाई आकर्षित गर्ने उद्देश्यले यो खाता तयार गरिएको हो । पेन्सन अर्थात् निवृत्तिभरण आउने कुनै पनि व्यक्तिले यो खाता खोल्न सक्छन् ।