आई–बैंकिङ्ग

इन्टरनेट बैंकिङ्ग समाधान आई–बैंकिङ्ग वेब ब्राउजरमार्फत हुने लोकप्रिय आपूर्ति सञ्जाल हो । अहिले आई–बैंकिङ्गले सहज युजर इन्टरफेस र प्रदान गर्दछ, जसले गर्दा सरल र झन्झटरहित प्रयोग (युजर) अनुभव दिन्छ । ग्राहकहरूका लागि खाताको सूचना हेर्नेदेखि सुरक्षित ढंगले आर्थिक कारोबारसम्मका सेवा यस आई–बैंकिङ्गमा उपलब्ध छन् । यीलगायत २४र ७ फिचर उपलब्ध छन्, आई बैंक एक सक्षम समाधान हो, जसले बैंक पुग्ने र फेरि सेवाका लागि लाइन बस्ने जस्ता समयको बचत गर्दछ । 
 
खाता विवरण 
विशेष छनोट गरिएका तिथिहरूभित्र प्रयोगकर्ताले बैंक र खाताबीच भएको कारोबारकोे विस्तृत विवरण सजिलै हेर्न सकिन्छ । 
 
कोष स्थानान्तरण 
यो फिचरको प्रयोग गरी प्रयोगकर्ताले सोही बैंक वा अन्य बैंकहरूमा रकम स्थानान्तरण गर्न सक्छन् । साथै इन्टरफेसले छुट्टै मोडलमा सम्पूर्ण रकम हस्थानान्तरणसम्बन्धी कारोबारको विस्तृतसम्म पुग्न प्रयोगकर्तालाई पहुँच दिन्छ ।   
 
 बिल भुक्तानी 
ड्ड ग्राहकहरूलाई अनलाइन भुक्तानीमार्फत व्यापारीहरू जस्तैः ई–सेवा, रिचार्ज कार्ड खरिद र अन्य विभिन्न सेवाका लागि थप भुक्तानी दिने सुविधा उपलब्ध छ । तिनीहरूले मनपर्ने व्यापारीमार्फत छिटो भुक्तानीका लागि मनपर्ने व्यापारीहरूको सूची पनि बनाउन सक्छन् । 
 
तालिका भुक्तानी 
साप्ताहिक, मासिक, त्रैमासिक वा वार्षिक गरी उल्लेखित निश्चित समयमा अन्य बैंक खाताहरूमा वा व्यापारीहरूलाई भुक्तानी दिन तालिका भुक्तानी सिर्जना गरी कार्यान्वयन गर्न सकिन्छ ।  
 
जोडिएका खाताहरू 
प्रयोगकर्ताहरूले अन्य खाताहरूको पनि सूची बनाएर छिटो भुक्तानीका लागि र त्यसमा स्थानान्तरणका लागि जोडिएका खाताहरूमा थप्न सक्छन् ।
 
चेकबुकको व्यवस्था
प्रयोगकर्ताहरूले आफूले छानेका शाखाबाट सजिलैसँग चेकबुक संकलन गर्न सक्छन् । 
 
वैधानिकता
सम्पूर्ण ग्राहक र बैंकसँग खाता सम्पर्क राख्ने कर्मचारीहरू मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवाहरू सब्स्क्राइव गर्न र तिनीहरूसमक्ष पहुँच बनाउन वैधानिक छन् ।
 
न्यूनतम कागजात आवश्यक 
मोबाइल तथा इन्टरनेट बैंकिङका सम्पूर्ण सेवा हासिल गर्न कुनै पनि ग्राहकले नजिकको शाखामा गएर सो सेवाका लागि अनुरोध गर्दै त्यहाँ उपलब्ध एउटा फाराम भरेर बुझाउनुपर्छ ।   
 
 
बैंकिङ्ग शुल्क 
 
दर्ता           ०.००
नवीकरण शुल्क (सेवा लिएको १ वर्षपछि) २५०.००
प्रोफाइल परिवर्तन      ०.०० 
पासवर्ड परिवर्तन           ५०.००
 
ई–बैंकिङ्ग रकम स्थानान्तरण शुल्क 
कारोबार एकमुस्ट शुल्क
 
१००–१०००                १०.००
१००१– १००००           २०.००
१०००१–२००००            ३०.००
२०००१–३००००            ४०.००
३०००१–४००००            ५०.००
४०००१– ५००००           ६०.००
५०००१– १०००००          ७५.००