कामना स्मार्ट

‘कामना स्मार्ट’ मोबाइल बैंकिङ एप्लिकेसन भर्जन भी५ हो । यसले हाम्रा ग्राहकहरूको खनुभवलाई सुधार गरेको छ । एपमा बनाइएको उत्कृष्ट मोबाइल बैंकिङ प्रणालीले हाम्रा ग्राहकलाई थप फाइदा पु¥याउनेछ । यस आधिकारिक एपका कारण तिनीहरूले कुनै पनि बेला जुनसुकै स्थानमा आफ्ना निजी उपकरणहरूबाट सजिलो बैंकिङको मज्जा लिन सक्छन् र आफ्ना खातालाई सुचारु राख्न सक्छन् । सेक्युरिटी फिचरले तिनीहरूलाई आफ्नो कारोबारप्रति ढुक्क रहन सहयोग पु¥याउँछ । यसलाई एप स्टोर र गुगल प्लेबाट डाउनलोड गर्न सकिन्छ ।   

दोहोरो सञ्जाल पहुँचसहितको मोबाइल एप 
ग्राहकहरूका लागि बैंक स्मार्ट मोबाइल एपले बैंक सर्भरसँगको सम्पर्कका लागि जीपीआरएस र एसएमएस च्यानललाई प्रयोग गराउँछ । आफ्ना फोनमा इन्टरनेट सुविधा (वाइफाइ वा २जी तथा ३ जी) हुने ग्राहकहरूले एपमा लग इन गरेर विभिन्न सेवा लिन सक्छन् । इन्टरनेटको विकल्प नरहेका क्षेत्रहरूमा ग्राहकहरूले सजिलै एसएमएस च्यानलमा स्विच गरेर उपलब्ध सेवाहरू प्राप्त गर्न सक्छन् । 

उत्तरदायी र अन्तत्र्रिmयात्मक डिजाइन
बैंक स्मार्ट एप फिचरले एउटा उत्तरदायी र अन्तक्र्रियात्मक डिजाइन अपडेट अर्थात् अद्यावधिक गरेको छ । यसले प्रयोगकर्ताहरूलाई आकर्षक र प्रयोगमैत्री इनटरफेस प्रदान गरेको छ । यस फिचरले नेभिगेसन मेनुको प्रयोगलाई सजिलो बनाउँदै एपमार्फत विनाअवरोध निर्देशित बैंकिङ अपरेसन सुनिश्चित गरेको छ । 

ग्राहकहरूका लागि स्व–दर्ता 
नयाँ संस्करणको एपमा ग्राहकहरूका लागि स्व–दर्ता फिचर पनि राखिएको छ । जहाँबाट तिनीहरूले बैंकमा नगईकनै इन–एप फाराम भरेर सजिलैसँग मोबाइल बैंकिङ सब्स्क्राइव गर्न सक्छन् । सेवाका लागि फाराम बुझाउनासाथ ग्राहकलाई तिनीहरूको लग इन आईडी सेट गर्ने अनुमति दिइन्छ । 

आकर्षक प्रवर्द्धन ब्यानरहरू
मुख्य लग इन पृष्ठहरूमा प्रवर्द्धनात्मक ब्यानरहरू ग्राहकहरूलाई आकर्षक बनाउन प्रयोग गर्न सकिन्छ जसले गर्दा तिनीहरूले ति पृष्ठहरूसँग अन्तत्र्रिmया गरून् । बजार व्यस्थापन र अभियान प्रयासहरूबाट राम्रो नतिजा निकाल्न मद्दत पु¥याउन ती पृष्ठहरूलाई अब अन्य वेब सामग्री र सामाजिक सञ्जालसँग आवद्ध गर्न सकिन्छ ।

उत्पादन तथा सेवा इन्फो
वेबसाइटले जस्तै एपले पनि बैंकको उत्पादन र सेवाहरूका बारे विस्तृत विवरण प्रदान गर्दछ । यो एप अहिले ग्राहकहरूले आफ्ना मोबाइलमा तत्कालै पाउन सक्छन् । 

पुस नोटिफिकेसन
गुगल क्लाउड मेसेजिङ (जीसीएम) र एपल पुस नोटिफिकेसन (एपीएन) प्रयोग गरेर पनि पुस नोटिफिकेसन र मेसेजहरू पठाउन सकिन्छ । यस फिचरलाई प्रयोग गरी बैंकले लिखित सूचना (सूचना, शुभकामना तथा बधाई र ध्यानाकर्षणहरू) कुनै पनि ग्राहकको एन्ड्रोइड तथा आईओएस उपकरणहरू पठाउन सक्छ र यसले गर्दा पहिला एसएमएसमा आधारित पुस मेसेजहरू पठाउँदा लाग्ने गरेको खर्च बच्दछ ।  

नक्सा एकीकरण (म्याप्स इन्टिग्रेसन)
बैंक स्मार्ट एप प्रयोग गर्ने ग्राहकहरूले म्याप्स इन्टिग्रेसनको सहयोगले नजिकका बैंक शाखाहरू, एटीएम र मर्चेन्ट स्टोरहर कहाँ छन् भनेर मात्र होइन ती स्थानमा कसरी पुग्ने भन्ने नक्सासमेत सजिलैसँग तत्कालै पाउन सक्छन् । 

वैयक्तिकृत फिचर 
आफ्ना प्रोफाइलमा आफ्ना तस्वीर अपलोड गरेर ग्राहकहरूले सजिलैसँग बैंक स्मार्ट एप वैयक्तिकरण गर्न सक्छन् । तिनीहरूले क्रम