के एस बि बि एल रेमिट

‘कामना सेवा रेमिट’ घरेलु रेमिट्यान्स कारोबारका लागि कामना सेवा विकास बैंक लिमिटेडद्वारा विकास गरिएको अनलाइन रेमिट्यान्स प्रोडक्ट हो । यो कामना सेवा विकास बैंकका शाखाहरू र एजेन्टहरूमा उपलब्ध छ । यस उत्पादनले रेमिट्यान्स उपभोक्ता र रेमिट्यान्स पठाउनेहरूलाई कडा परिश्रम गरी कमाइएको पैसा आधिकारिक सफ्टवेयर उपकरणमार्फत सुरक्षित तथा भरपर्दो ढंगले स्थानान्तरण गर्न सहज बनाएको छ । इन्टरनेटमा आधारित रकम स्थानान्तरण प्रणाली, कामना सेवा रेमिटलाई यसका लागि मान्यता प्राप्त तथा आधिकारिक प्रयोगकर्ताहरूले प्रयोग गर्न सक्छन् । यो पूर्णतः दोहरो रकम हस्तान्तरण प्रणाली हो ।

१ जहाँ पनि (कुनै शाखा वा एजेन्ट) भुक्तानी प्रणाली 
२ रेमिट्यान्स विवरण सुरक्षित र भरपर्दो ढंगले प्रदान गर्न सक्ने क्षमता
३.  बृहत् कभरेज सञ्जाल
४. न्यूनतम शुल्कमा छिटो र सहज
५. केएसबीबीएल र नेपालका सम्पूर्ण व्यावसायिक र विकास बैंकसँग सम्बन्ध रहेका लाभार्थीको खातामा प्रत्यक्ष क्रेडिट
६. एएमएल तथा केवाईसी अधीनता विशेषता

आवश्यक कागजात 
नेपाली नागरिक
१. नागरिकताको प्रमाण्पत्र
२. मान्यताप्राप्त पासपोर्ट
३. मान्यताप्राप्त सरकारी परिचयपत्र
४. मान्यताप्राप्त सावारी अनुमतिपत्र

शरणार्थीहरू
१. नेपाल सरकारबाट जारी गरिएको शरणार्थी परिचय कागजात
२. मान्यताप्राप्त पासपोर्ट तथा नेपाल सरकारबाट जारी भएको भ्रमण कागजात

भारतीय नागरिकहरू
१. भारतीय दूतावास दर्ता कागजात
२. मान्यताप्राप्त पासपोर्ट

अन्य नागरिकहरू 
मान्यताप्राप्त पासपोर्ट, साथमा मान्यताप्राप्त भिसा